सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
ज्ञान दिने गुरूबा र गुरूमालाई नमन
दिने छैन यहाँहरूलाई हुन कहिल्यै अमन
यहाँहरूकै सहारामा आए १० सम्म
हजुरहरूकै ज्ञानले भएछु टम्म
आलश्य यो शरीरलाई उर्जाशील बनाई
जितको शिला खोप्दै बढौं हातमा हात मिलाई
ज्ञानको फूल अनेक छन् सिंगो थुंगोभित्र
त्यही थुंगो संगालेर माला गाँस मित्र
कर्मेन्द्रिय र ज्ञानेन्द्रिय अंगहरूका साथ
सलबलाउँछन् उन्नतिका तरंगले माथ
ज्ञानरूपी समुद्रको जलपान गरौँ
भविष्यको ढोका खोल्ने साँचो तयार पारौँ।
(विराज पुडासैनी गोठाटार इङ्गलिस सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययनरत छन्।)