सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
अब त दसैं पनि नजिकै आइसक्यो
आकशमा चंगा र मनमा हर्ष छाइसक्यो
ओहो! आज त एक्काइस दिन पो भयो
यसपालि पनि मेरो निधार खालि नै भयो।
रातो जमरा र टीका
सबै आफ्नै धुनमा रहेका
म दृश्य आँखामा खेलाउँदैछु
अभागी त साँच्चिकै म रहेछु।
त्यो रमाइलो घडीमा अड्किएकी चंगा म
डुब्दै गरेको घाम, छेक्ने बादल म
शरीरबाट बग्दै गर्दा रगत
रातै रंगमा, मलाई एक्लै पारी, सज्जिन्छ जगत
हराएकी चेली म, चाड आउदै गर्दा
आँखाका आँसु मनबाट बग्दा
कुरितीले बाटो फेर्न सकेन
मेरो खुशी कसैले हेर्न चाहेन।
(सपना बास्तोला सिसिआरसीमा कक्षा ११ मा अध्ययनरत छिन्।)