सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
फूलबारीमा रंगीबिरंगी
कति राम्रा फूल
त्यै फूलमा बस्न आए
पुतलीका हुल।
कोही राता, सेता, नीला
कोही छन् पहेंला
हाम्रो घरको फूलबारीमा
पुतलीको मेला।
रस चुस्छन् फूलबाट
हेर पुतली
फूलका एक–एक थुँगा
थुँगा खोतली।
नजिक नजाऊ
पुतली भाग्छन् उडेर
मास्नु हुन्न फूलबारी
फूल चुँडेर।
(आराध्या पन्त सेन्टमेरिज स्कुल, जावलाखेलमा कक्षा १ (डी) मा अध्ययनरत छिन्।)