सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
निबन्ध:
एउटा भनाई छ: 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी'।
हामीलाई नौ महिना गर्भमा राखी लामो समय प्रसव पीडा सहेर यो सुन्दर संसारमा ल्याउने महान नारी नै हाम्री जननी अर्थात आमा हुन्। आमा जन्मदाता र पालनकर्ता हुन्। आमालाई माता, जननी, मुमा, इजा, महतारी, मामु आदि शब्दले पनि बोलाउने गरिन्छ।
आमाको काखमा हामीले धेरै कुरा सिक्छौं। त्यसैले आमा हाम्रा लागि गुरू हुन्। आमाले हामीलाई माया ममता दिएर हुर्काउँछिन्। साथै हामीलाई खुवाउनेदेखि हाम्रा स-साना आवश्यकता पूरा गर्न दिनरात मिहिनेत गर्छिन्।
आमा हाम्रो जीवनमा विशिष्ट व्यक्ति हुन्। हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन चाहिँदैन तर पनि वैशाख कृष्ण औंशीलाई हामीले मातातिर्थ औंशीका रूपमा मनाएर वहाँको सम्मान गर्छौं।
आमालाई देवीको स्वरूप मानिन्छ। भनिन्छ, जिउँदो देवता भनेकै आमा हुन्। त्यसैले, हामी सबैले आमालाई माया र सम्मान गर्नुपर्छ।
(अग्रिमा चटौत भ्याली भ्यू स्कुल, मध्य बनेश्वरमा कक्षा ३ मा अध्ययनरत छिन्।)