सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
समयको यो सानो प्रलोभन
देशको स्थिति देख्दा पिरोलिन्छ मेरो मन
किन आयो अंग्रेज नेपालीको माझ
कतै गुलाम त हुँदै छैनौं आज
दुई नागको बीच गरूड बनेर
अघि बढ नराम्रालाई पराजित गर्छु भनेर
नेपाली हौ नेपालको रक्षा गर
यही देशको माटो जोगाउनका लागि मर
यो देश नहोस् कसैको गुलाम
राष्ट्रिय विभूति र वीर शहीदलाई लाल सलाम।
(विराज पुडासैनी (कविराज) गोठाटार इङ्गलिस सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययनरत छन्।)