सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
महिनावारी हुँदाखेरी
पेट दुख्छ हामीलाई
चार पाँच दिन बन्द गरौँ
बोक्न घाँसको भारीलाई।
गोठभित्र सुत्ने नियम
आजैबाट छाड्यौँ
चार दिनसम्म अशुद्धमानी
नारीलाई अपमान नगरौं।
थोत्रो कपडा हैन
राम्रो प्याड प्रयोग गरौँ
गाउँ-ठाउँमा महिनावारी
राम्रो चेतना छरौँ।
भान्छा र मन्दिर छिर्न नहुने
हाम्रो कस्तो नियम हो?
यतिसम्म हेपिनु पर्दा
नारीलाई गाह्रो भो।
पहिलो महिनावारी हुँदा
थुनिएर बस्नु पर्दा
चित्त दुख्छ हामी नारीको
परिवारबाट टाढिनु पर्दा।
छोरी-बुहारी काम गर्छन्
महिनावारी हुँदा पनि
भान्छा, मन्दिर छिर्न दिउँ
हेप्ने बचन नमानी।
चार दिन आराम गर्ने समयलाई
नराम्रो नजरले नहेरौँ
त्यो चार दिनसम्म नारीलाई हेप्दा
बाँच्न लायक भएनौँ।
प्याडको भाउ छोइसक्दो छैन
सबै जनताले किन्न सकेको छैन
यो बारेमा जनताले बोल्नुपर्ने
सरकारको आँखा खोल्नुपर्ने।
महिनावारीलाई नराम्रो नजरले नहेरौँ
कहिले नबिर्सौँ कि तिमी यही महिनावारीले यहाँ छौ।
(वर्षा श्रेष्ठ सैनिक आवासीय महाविद्यालय, सल्लाघारी भक्तपुरमा कक्षा ७ (क) मा अध्ययनरत छिन्।)