सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
सानो यो यन्त्र तर अट्छ धेरै मन्त्र
ज्ञानको भण्डार छ यसैमा अनि नजर पनि
हेर्दा यो सानो तर शक्ति छ ठूलो यसमा
चुम्बक त होइन यो तर तान्छ मेरो ध्यान
हुन्छ मेरो हातमा दिनभर, भुलाई दिन्छ महत्व समयको
घुम्छ औंला मेरो यसैमा अनि हुन्न ध्यान समयको घक्रेको
गाली खान्छु जब बुवा र आमाको
अझै पनि रोकिन्न ध्यान मोबाइल तिरको
अब त चार्ज पनि सकियो, छुटियो साथ तिम्रो र मेरो
तर अझै पनि रोकिएन तिमीसित रम्ने मन मेरो
कसरी छुटाउने तिम्रो र मेरो साथ?
अनि कसरी बढाउने मेरो र किताबसँगको साथ?
नत्र त म सँगसँगै तिमीले पनि गाली।
(निर अमात्य इम्पेरियल वर्ल्ड स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)