सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
अनेक हुन्छन् गुरूका रूप,
अनेकौं छन् यश।
गुरू नै ब्रह्मा, गुरू नै विष्णु
गुरू हुन् महेश।
हुर्किंदा बढदा, स्कुल पढ्दा
दिन्छन् हामीलाई ज्ञान राम्रा
शिक्षक अनि आमा र बाबा
गुरू हुन यी हाम्रा।
दिपकजस्तै बल्छन् गुरू
आफूचाहीँ पलपल
मेटाई अज्ञान, ज्ञानको ज्योति
बाल्छन् झलमल।
गुरूको भक्ति मनमा राखी
चरणमा परौं है
देवतासरि गुरूको हामी
सम्मान गरौं है।
(अग्रिमा चटौत भ्याली भ्यू स्कुल, मध्य बनेश्वोरमा कक्षा ३ मा अध्ययनरत छिन्।)