सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
गैँडा जमिनमा बस्ने जनावर हो। गैँडा हात्ती पछिको दोस्रो ठूलो जनावर हो।
गैँडा धेरै पानी भएको समथर जमिन र गर्मी हुने ठाउँमा बस्न रूचाउँछ। गैँडा शाकाहारी जनावर हो।
यो एकसिङे र दुई सिङे हुन्छ। नेपालमा एकसिङे गैँडा मात्र छन्। घामबाट बच्न र किराहरूबाट जोगिन गैँडाले शरीरभरि हिलो लगाउँछ।
गैँडाले १५ देखि १८ महिनामा बच्चा जन्माउँछ।
गैँडाहरू ४५ वर्षसम्म बाँच्न सक्छन्।
(आशुतोष काफ्ले डियरवाक सिफल स्कुलमा कक्षा २ मा अध्ययनरत छन्।)