सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
मेरो देश राम्रो छ
हरियाली धेरै छ
विश्वभरी चिनिन्छ
हाँसी-खुसी बसिन्छ।
धेरै जातजाति छन्
खुसी हुन्छ मेरो मन्
कति राम्रा सहर
घुम्न लाग्छ रहर।
धेरै धर्म संस्कृति
कति राम्रो प्रकृति
अग्लो हिम शिखर छ
लुम्बिनी नि यहीँ छ।
हामी ठूला बन्ने छौँ
देशको विकास गर्नेछौँ
धुवाँ-धुलो रोकेर
राम्रो लक्ष्य बोकेर।
हामी देशका सन्तति
गर्छौँ धेरै प्रगति
नेपाल हाम्री आमा हुन्
असल बनी तिर्छौँ गुन।
देशको सेवा गर्नेछु
मर्नु परे मर्नेछु
सात जुनीसम्म
पाऊँ यहीँ जन्मन।
(स्वीकृति पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ६ (क) मा अध्ययनरत छिन्।)