सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
आमाबाबा हजुरको सपना पूरा गर्न
आएको म त सहरमा ठूलो मान्छे बन्न
आफ्नो आमाबाबालाई दु:ख दिन हुन्न
म त आमाबाबाको आँशु झर्न दिन्न
बाबाआमा हाम्रो लागि भगवान हुनुहुन्छ
हामीलाई चोट लाग्दा एक्लै रूनु हुन्छ
मेरो आमाबाबा कति स्वाभिमानी
हजुरले नै सिकाउनुभो बन्नुपर्छ ज्ञानी
आमाबाबा हजुरले दिनुभयो राम्रो ज्ञान
पढ्दा-लेख्दा सँधैभरी दिनेछु म ध्यान।
(साङ्गे तामाङ गैँडाकोट इंगलिस स्कुल, नवलपुरमा कक्षा ७ मा अध्ययनरत छन्।)