सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
आमा जगतको जननी हुन्। वहाँ हामीलाई यस धर्तीमा टेकाउने, दुःख-सुखमा साथ दिने, हाम्रो खुसीमा आफैँ खुसी हुने, बोल्न, अरूको आदर गर्न, अनुशाशनमा रहन, सही बाटोमा हिँड्न हरपल साथ दिइरहने व्यक्ति हुन्।
आमाले आफ्नो सन्तानलाई आफूभन्दा पनि बढी माया गर्नुहुन्छ। वहाँले आफ्नो सन्तानलाई नौ महिनासम्म सबै दुःख, पीडा र कष्ट सहेर आफ्नो कोखमा राखेर जन्माउनुहुन्छ। आमा हरेक सन्तानको पहिलो शिक्षक र मित्र हुन्। उनले आफ्नो सन्तानलाई आफूभन्दा माथि राखेकी हुन्छन्।
सन्तानको जिन्दगीको हरेक कदममा आमाले साथ दिएकी हुन्छिन्। हरेक मानवको जीवनको सफलतामा आमाको निकै महत्वपूर्ण स्थान हुन्छ। जन्मदिने आमालाई कहिल्यै पनि किन्न सकिदैन।
हामीले ३६५ दिन नै आमालाई उस्तै माया गर्नुपर्छ। आमा बिना यो संसार अधूरो र अपूरो छ। जसरी आमाले आफ्नो सन्तानलाई हरेक हालतमा खुसी र माया दिएकी हुन्छिन्, त्यसैगरी हामीले पनि आमाको मर्म बुझी सधैँ खुसी र माया दिन सक्नुपर्छ। हरेक कदममा हामीले उनको साथ दिइरहनुपर्छ।
(अनुश्का बगाले ज्ञानकुञ्ज उच्च माध्यामिक विद्यालय, रविभवन माछागेटमा कक्षा (८ ख) मा अध्ययनरत छिन्।)