सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
बाबा मेरो भन्नु हुन्छ स्कुल जान पर्छ
मलाई भने घरै बसेर टिभि हेर्न मन छ।
मामु मेरो भन्नुहुन्छ चाँढै उठनु पर्छ
मलाई भने ढिलासम्म सुतिरहन मन छ।
दिदी मलाई भन्नुहुन्छ छिटो खानु पर्छ
मलाई भने मोबाइल हेर्दै ढिला खान मन छ।
गुरूआमा भन्नुहुन्छ होमवर्क गर्नुपर्छ
मलाई भने होमवर्क छोडी खेल्न मात्र मन छ।
सबैजना भन्नुहुन्छ असल बन्नु पर्छ
मलाई पनि अब सधैं ज्ञानी बन्न मन छ।
(प्रशिद्धी भुसाल सिटी मन्टेश्वरी स्कुल अनामनगरमा अध्ययनरत छिन्।)