सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
संसारमा साथी जस्तो कोही पनि छैन
साथीसँगै दिन बित्छ अरूसँग छैन
सबैजना मिलीजुली गर्नुपर्छ कर्म
सँगै हास्ने सँगै बाच्ने साथीत्वको धर्म
सुख-दुःख साथ दिने नङ मासु जस्तो
हाम्रो मित्रता देखेर नै डाह कस्तो
साथी सबै मिली खेल्छौ लुकामारी खेल
मित्रताको मानवतामा गर्ने छैनौं झेल।
(श्लोक सिंह श्रेष्ठ श्री नमुना आवासीय माध्यमिक विद्यालय पर्वत, कुस्मा बजारमा कक्षा ६ मा अध्ययनरत छन्।)