सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
लुकेको खुशी खोज्दै हिँडे
जिवनको सुन्दरतालाई साथमा डुलाउँदै 
जे नै गरेपनि म थाकिन
लडेँ मृत्युसँग, जिवनलाई खुसी खोज्दै। 
 
हार्न मन त थिएन 
तर हार्दै पनि हिँड्नै पर्ने रहेछ
तब सुनसानलाई अंगाल्दै, बटुल्दै किरण 
ज्योति छरेँ तर अन्तय मृत्युमै भएछ। 
बिहानीलाई फेरि सुर्यले टल्काउँछ 
जीवन र मरन पनि बिहानी र साँझ हो र? 
रित नै कस्तो? मर्दा सब सकिन्छ 
मन नहुनेहरूका लागि पनि बाँच्नु र मर्नु रैछ। 
 
समय बदलियो तर म बदलिन 
डुलि हेरेँ प्रकृतिको सृजना 
अब हार खाए भो खुसी खोज्दिँन
किनकी समय आएछ अन्तिम नियम गर्नलाई पालना। 
(सपना बास्तोला ब्लुम नेपाल स्कुलमा कक्षा १० मा अध्ययनरत छिन।)