सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
काठमाडौंका मानिसको ढल र फोहोर बोक्ने
मानिसले दिएको पीडा सहने
आफ्नो खुसी र सुन्दरता त्याग्ने
म दुःखी, थकित र दुर्गन्धित
बागमती बोल्दै छु
हरियो रूखले भरिएको मेरो काख पहिले
घरैघरले भरिएको छ अहिले
स्वच्छ तथा सफा पानीको मुहान पहिले म
भएको छु दुर्गन्धित र रोगको कारण अहिले म
हे मानिस! खै त तिम्रो मानवता कता हरायो?
तिम्रै कारण बाग्मती फोहोर कहलायो
बाग्मती स्वच्छ, सफा राखि मानवताको परिचय देऊ
मलाई नव जीवन देऊ।
(दिपिका भण्डारी विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वर,काठमाडौंमा अध्ययनरत छिन्।)