सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
राजनीति भनेको नियम अनुसार गरिने शासन हो। राजनीतिले जहिले पनि आफ्ना जनताको लागि राम्रो स्वास्थ्य, रोजगार, शिक्षा, आदि दिन्छ। राजनीतिले गर्ने सबैभन्दा सामान्य काम भनेको नियम बनाउने, दुई देशबीच राम्रो सम्बन्ध बनाउने र नागरिकलाई राम्रो शिक्षा, रोजगारी दिने हो।
राजनीति गर्ने व्यक्तिलाई नेता भनिन्छ। नेता भनेको दलीय राजनीतिमा सक्रिय व्यक्ति वा सरकारमा निर्वाचित पद धारण गर्ने व्यक्ति हो। नेताहरूले समर्थन गर्छन् र कानुनहरू सिर्जना गर्छन्। नेता नराम्रो भएमा देशको विकास हुँदैन। त्यसैले हामीले हाम्रो देशको लागि असल नेता छान्नुपर्छ। तर नेपालमा कुरा फरक छ किनकि धेरै भ्रष्टचारीहरू छन् यहाँ। भोटमा जितेस् भनेर गाउँका मान्छेलाई पैसा दिन्छन् र गाउँका मान्छेहरू पनि शिक्षित नभएकाले उनीहरूलाई भोट हाल्छन्। तिनीहरूले जित्छन् तर देशको विकास हुँदैन। खासमा तिनीहरूसँग स्पष्ट योजना नै हुँदैन।
सामान्यतया रोजगारीको अर्थ हो एउटा राम्रो तलबको काम गर्नु। कामले हामीलाई गर्व र आत्मसन्तुष्टिको भावना प्राप्त गर्न मद्दत गर्छ कि हामी आफैलाई समर्थन गर्न सक्छौँ। कर्मचारी भन्नाले तलबको बदलामा कुनै व्यक्ति वा व्यवसायको लागि काम गर्ने व्यक्ति हो। हामी बिल तिर्न सक्षम हुन सक्छौं। रोजगारीको मद्दतले फुर्सदको समयमा हामीलाई मन पर्ने काम गर्न सक्छौँ किनकि यसले हामीलाई पैसा प्रदान गर्छ।
बेरोजगारी भनेको राम्रो तलबको काम नहुनु हो वा कुनै काम नहुनु हो। तर नेपालमा बेरोजगारी धेरै छ। त्यसैले धेरै मानिस गरिब छन् र हाम्रो देश पनि विकसित छैन। बेरोजगारी नेपालको मात्र समस्या होइन। विश्वभरको समस्या हो। सयौं, हजारौं मानिसहरू छन्, जोसँग रोजगारी छैन। अब हामीले बेरोजगारी के हो थाहा त पायौँ तर बेरोजगारी भनेको व्यक्तिसँग जागिर छैन भन्ने मात्र होइन। त्यस्तैगरी, बेरोजगारीमा उनीहरूको विशेषज्ञता बाहिरका क्षेत्रमा काम गर्ने व्यक्तिहरू पनि समावेश छन्।
अध्ययनको नतिजाले सरकारी उपभोग खर्चमा बृद्धिले बेरोजगारी वृद्धि हुने देखाएको छ भने सरकारी लगानी खर्चमा भएको बृद्धिले बेरोजगारीमा कमी आउने र अन्य सबै कुरा स्थिर रहेको देखाएको छ। देशको विकासका लागि रोजगारी महत्त्वपूर्ण छ किनभने रोजगारीबिना जनताले सामान्य आवश्यकता र शिक्षा किन्न सक्दैनन्। देशमा कम शिक्षित जनता भएपछि देश विकास पनि हुँदैन।
त्यसैले, हामीले आफ्नो पढाइमा ध्यान दिनुपर्छ ताकी हाम्रो उज्ज्वल भविष्य होस्। देशको विकास र राम्रो काम होस्। सरकारले आफ्ना जनताका लागि उपयुक्त रोजगारी व्यवस्था गर्न पनि जरूरी छ। त्यसका लागि उद्योग कलकारखानाको स्थापना गर्न पनि उत्तिकै आवश्यकता छ।
(प्रसिद्धी डंगोल डियरवाक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)