सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
हे मनुष्य! यो धर्तीमा कति जुनि फेर्दै आयौं
बल्ल–बल्ल तिमीले मानिसको चोला पायौं
किन तिमी यस्तो गर्छौ दैव नै जानोस्
किन तिम्रो यस्तो रूप छ जन्म दाता मानोस्।
हे मनुष्य! नबिर्स तिमी हौ विवेकशील प्राणी
अरूलाई सदैव आहत गर्ने सुधार यो बानी
म विन्ती गर्छु नियन्त्रण राख आफ्नो वाणीमा
नदेखाऊ है चरित्र जस्तो विवेकहीन प्राणीमा। भ
हे मनुष्य! धर्मलाई अधर्मको सामु केही छैन भय
यो सत्य हो अधर्मको सामुन्ने धर्म नै हुन्छ विजय
म विन्ती गर्छु तिमीलाई नगर मित्रसँग छल
म भन्छु तिमीलाई यसको नराम्रो आउँला फल।
हे मनुष्य! प्राकृतिक प्रकोप छैन तिम्रो वशमा
लाखौँ करोडौँ प्राणीको प्राण पनि गयो जसमा
राजनीतिमा नरकको द्वार भनेको हो भ्रष्टाचार
आफू श्रेष्ठ ठानी नगर अरूमाथि अत्याचार।
हे मनुष्य! बन्द गर अरूको अपमान गर्न
कहिल्यै सक्दैन कसैले अरूको पुण्यकर्म हर्न
अरूको मान नगर्नेले पाउँदैन सम्मान कहिले
जसको कारण छ पृथ्वीको दशा यो अहिले।
हे मनुष्य! अब यो जन्मलाई सार्थक पार्नु छ
धर्मको पथमा अडिक बनी उदाहरण बन्नु छ
जाग अब संसारलाई नयाँ दिशा दिनु छ
अन्धकारको कालो बादल चिर्दै जानु छ।
(प्रतीक भण्डारी बुढानीलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)