सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
महाकवि भतृहरीद्वारा रचित स्लोकबाट आफ्नो तर्क प्रस्तुत गर्छु:
साहित्य संगीकला बिहिन:
साक्षातपशु, पुच्छ बिषणहीन
तृणं न खादन्नपी जीवमान:
तदभागधेयं परमं पशुनाम।
अर्थात् जो साहित्य संगीत तथा कलारहित छ, जसको यो विषयमा रूचि छैन, त्यो व्यक्ति सिङ र पुच्छर नभएको जनावरजस्तो मात्र हुन्छ। यस्तो व्यक्तिले केवल घाँस मात्र खादैँन। त्यो पशुहरूको लागि सौभाग्यको कुरा हो नत्र यस्तो पनि खान सुरू गरेमा पशुहरूको लागि खाद्यान संकट हुन थाल्छ। विद्या नै धनभन्दा शक्तिशाली हुन्छ किनभने शिक्षा भएको वयक्तिले सजिलै धन आर्जन गर्न सक्छ।
शिक्षाले मानिसलाई योग्य, सफल नीतिवान र गुणीवान बनाउँछ। शिक्षा नै जीवनको अगाडि बढ्ने आधार हो। शिक्षाले नै मनुष्यको पूर्ण व्यक्तित्व निर्माण गर्छ। शिक्षा पाएपछि हामीले अरुलाई पनि ज्ञान, विवेक र सीप सिकाउनु पर्छ। शिक्षा पनि बाढेमा बढ्छ।
शिक्षाको तुलनामा धन त केवल जीवन चलाउने यन्त्र मात्र हो। उदाहरणको लागि पहिले गाउँ-घरमा धेरै गाईभैंसी भएका मानिसलाई धनी मानिन्थ्यो। उनीहरूले बस्तुभाउ बेच्दै गए। शिक्षा पनि भएका मानिसले त्यही गाईभैंसीबाट दूध, दही, घिउ, मही, बटर, चिज नयाँ प्रविधिबाट उत्पादन गरेर सम्पन्न भएको कुरा समाजमा सुनिन्छ।
विज्ञान र प्रविधिको तिव्र विकास भइरहेको युगमा प्राविधिक ज्ञान विद्यार्थी र सम्पूर्ण जनशक्तिलाई आवश्यक छ। नेपालीमा एउटा प्रसिद्ध भनाई छ, 'अर्ती धर्तीबाट पनि लिनुपर्छ।'
हामीजस्तो विद्यार्थीलाई दैनिक माछा दिनुभन्दा माछा समाउने सीप सिकाउनु पर्छ। विश्व बजारसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा नै अब हाम्रो आवश्यकता हो;
दरिद्र नाऊँ नरमा छ कसको
विशाल तृष्णा घरमा छ जसको
कुन हो धनी सब नरले कहयाको
सन्तोषले जो छ खुसी रह्याको
जसको घरमा केवल अथाह धन कमाउने लोभ
रहन्छ ऊ सधैं दुःखी र चिन्तित रहन्छ
सन्तुष्टिलाई नै सम्पत्ति मान्नु पर्छ।
हामीजस्तो विद्यार्थीको जीवनमा केही समय आफ्नो इच्छालाई भगवानको इच्छासमक्ष राखेर विद्याआर्जन गर्नुपर्छ। मलाई भागवत गीताको एउटा श्लोक याद आयो,
त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धुसच सखा त्वमेव
त्वमेव बिध्या द्रविण त्वमेब
त्वमेव सर्वं मम देव देव
'तिमी नै मेरो आमाबुवा, परिवार, साथी ज्ञान अनि सम्पति हौ। तिमी नै भगवान हौं,' भनेझैं शिक्षा अभिनासी चिज हो। जुन धनको तुलनामा सधैं बलियो हुन्छ। शिक्षा प्राप्त गरिसकेपछि भगवानमा समर्पित इच्छा नै हाम्रो इच्छामा परिणत हुन जान्छ भन्ने विश्वास राख्छु।
(बिसप चालिसे डियरवाक सिफल स्कुलमा कक्षा ५ मा अध्ययनरत छन्।)