सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
यसपालि त जान पाइन मामाघर
घरमा नै बसेर खान पर्यो दर
कोरोना त कस्तो रहेछ कतै जान नदिने
तर ऊ आफू भने संसार डुलेर रमाउने
म पनि सारी लाएर छमछम नाच्ने भनेको
तर समाचारमा सुनी हाले कोरोना बढेको
नाच्न त नाचे म बहिनीसँग छमछम
तर भएन पहिलाजस्तो मज्जा र रमझम
सबैसँग भिडियो कल गरेर नाचगान गर्यौ
सबै दु:ख पीडा भुलि रमाइलो गर्यौ।
(रुविआ पराजुली बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)