सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
सधैं बिहान उठेर म सोध्छु आफूलाई प्रश्न
त्यसको उत्तर नपाएपछि हुन्छु म मौन
प्रश्न के हो भन्ने सबैलाई जिज्ञासा लग्न सक्छ
म यो दुनियामा किन आए भन्ने हो मेरो प्रश्न
एकदिन सोच्दा सोच्दै मैले पाए आफ्नो उत्तर
म दुनियाँमा आएर गर्ने यी हुन मेरा लक्ष्य
रात-दिन म सोची राख्थे कसरी असल बन्ने?
त्यसको उत्तर पाए मैले रिसको अन्त गर्ने
सबैलाई किन घमन्ड हुन्छ भनेर सोचिराख्थे
जेमा पनि सन्तुष्ट भए कसले घमन्ड गर्थे?
गल्ती गर्ने मानिस नै हुन्छ भन्ने थाहा पाए
गल्ती फेरी नदोहोर्याउने असल बानी सिके
सानालाई माया, ठूलालाई आदर गर्ने सानैहुँदा सिक्यौ
त्यही पनि किन पालन यसको गर्दैनौ?
गल्ती गर्ने मानिस हुन्छ माफी गर्ने ज्ञानी
आफूलाई नराम्रो हुँदा कस्तो हुन्छ दु:ख नी
सबैको भलो चाहनुपर्छ भन्ने हो मेरो उदेश्य
पालना गर्ने हजुर हो बुझ्नु है हजुरको पनि हो यो लक्ष्य।
(प्रान्जल गैह्रे बुढानिलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्।)