सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
आज मोतिराम भट्टको जन्मदिन। उहाँको जन्मदिनलाई हामी एक उत्सवको रुपमा लिन्छौं। उहाँलाई हामी युवा कविको रुपमा चिन्छौ। हरेक मानिस उनको कर्मबाट जुगजुग बाचिरहन्छ भन्ने कुरा उहाँको जीवनमा लागु हुन्छ।
भट्ट हामी बीच नभए पनि उहाँका कृतिका कारण हामी वहाँलाई सम्झिरहन्छौं। हामी किताबमा भानुभक्त, मोतिरामका बारेमा पनि पढ्छौँ।
१९२३ मा काठमाडौंमा जन्मनुभएका भट्ट नेपाली साहित्यका प्रथम गजलकारको रुपमा पनि सफल हुनुहुन्छ। उहाँ भाषामा पनि विज्ञ हुनुहुन्थ्यो। संस्कृत, हिन्दी, उर्दु, नेपाली र पार्सियन जस्ता भाषा बोल्न र लेख्न आउँथ्यो उहाँलाई। भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन्।
उहाँको शिक्षाको सुरुवात बनारसबाट भएको हो। ६ वर्षको उमेरमा आफ्नो परिवारसँग भारतको बनारस जानुभएका उहाँले त्यहीबाट संस्कृत भाषा पनि सिक्नुभयो। १५ वर्षको उमेरमा उहाँ नेपाल फर्कनुभयो र काठमाडौंस्थित दरबार हाई स्कुलमा पढ्न थाल्नुभयो। दरबार हाई स्कुलबाट आफ्नो स्कुल जीवन पुरा गरेपछि उहाँले भारतको कलकत्ताबाट उच्च शिक्षासँगै स्नातोकोत्तर पुरा गर्नुभयो।
सानैदेखि उहाँलाई गजल लेखेनमा रुचि थियो। त्यस समयमा नेपालका मानिसलाई गजलबारेमा ज्ञान थिएन। भट्टले गजल लेख्नुभयो र सुनाएर नेपालमा प्रसिद्ध गराउनु भयो। वि सं १९४८ सालमा भानुभक्त आचार्यको जीवनी लख्नुभन्यो। उहाँको अरु रचना खोज्न थाल्नुभयो। भानुभक्तका रचना छपाएर उहाँलाई प्रसिद्ध बनाउनु भयो।
नेपाली साहित्यमा मोतिराम भट्ट नहुनु भएको भए अहिले नेपाली साहित्यको कम विकास हुन्थ्यो होला। उहाँले साहित्यमा मात्र कम चलाउनु भएन, साहित्यिक समिति पनि गठन गर्नुभयो। जसले नेपालमा छापाखाना स्थापित ग¥र्यो। नेपालमा लाइब्रेरी पनि भट्टले नै स्थापित गर्नुभएको हो।
भट्टले कालिदासद्धारा लेखेको सकुन्तल महाकाव्य नेपालीमा लखेर नेपालका हरेक मानिसले पढ्न मिल्ने बनाउनु भयो। साहित्यका यस्ता होनाहार कविको मृत्यु १९५३ मा भएको हो।
मेरो विचारमा भट्ट नेपाली साहित्य क्षेत्रमा ठूलो योगदान दिने मान्छे हुन्। मेरो मनमा उहाँप्रति सधैँ इज्जत थियो र अहिले पनि छ। यस खुशीको दिनमा मैले मोतिराम भट्ट युवा कविलाई सम्झिएको छु।
(प्रज्वल शाही विद्या संस्कार स्कुल जोरपाटीमा कक्षा ६ मा अध्ययनरत छन्।)