सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
भावना हुन्छ सबैको हर्ष वा दुःखको
अन्यायपछि आशाको किरण त्यो सुखको
सबैमा हुन्छ त्यो कुरा भावना नहुने कोही छैन
भावना बुझेपछि सानो ठूलो कोही छैन
भेदभाव गर्ने कारण हुन्न भावना त्यो बुझेमा
वैरी हुँदैन कोही पनि मित्रता नै खोजेमा
भावना नै हो मानिसको जीवनको आधार
यही नै हो जहाँबाट चेतना हुन्छ साभार
भावना सागर सरह हो सुक्दैन यो कहिल्यै
जसको छालको वेग रोक्न सकिन्न कहिल्यै
बुझेमा मन्सा अरूको हुँदैन विद्रोह कहिले नि
अरूको हित गरेमा लाग्दैन प्रतिष्ठामा कलंक नि
मनमा द्वेष नराखे हुँदैन नचिन्ने कोही पनि
अरूलाई सम्मान गरेमा रोकिन्छ घनघोर युद्ध नि
मान्छ सारा जगतले आदर्श व्यक्तिको स्वरूपमा
त्यही नै हुन्छ दैव समान जो पर्दैन कुनै मोहमा।
(प्रतीक भण्डारी बूढानीलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)