सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
आटे गर्न सकिन्छ नि नआटे काम छैन
फुर्सदमा लेखौ साथी त्यसै बस्ने हैन
लेख्ने विकास गर्नुपर्छ हामीले आँटे
छापिदिन्छ हाम्रो लेख सधैं सेतोपाटी
बाबाआमा भन्नुहुन्छ लेख्नुपर्छ छोरा
मेरो लेखको सबै बीच चल्ने गर्छ कुरा
मलाई पनि जाग्छ रहर राम्रो कुरा लेख्ने
राम्रो काम गरे मैले सबैले हो देख्ने
गर्भैदेखि जानेर त को आउँछ र साथी
यस्तै प्रयास गरी हामी जानुपर्छ माथि।
(आशुतोष पौडेल दि एक्सेल्सियर स्कूल स्वयम्भू काठमाडौंमा कक्षा ४ मा अध्ययनरत छन्।)