सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
बगैंचामा भुर्रभुर्र डुल्ने भ्रमरा
कति राम्रो पहेलो त्यो जौ का जमरा
रातो टिका निधारमा कति सुहाउने
जाई फुल्यो जुही फुल्यो मनै रमाउने।
जान्छु म त मामा घर टिका लगाउन
पाउँछु मैले चकलेट र पैसा कमाउन
मामाकी छन् छोरी राम्री चट्ट परेकी
मैले मीठाई लगि दिँदा लठ्ठ परेकी।
दशैं आयो तिहार आयो जान्छु मामाघर
हजुरबुवा हजुरआमा छैन मलाई डर
बुवाआमा दुवैको माया गर्छु म
नराम्रो काम गरे भने साह्रै डराउँछु म।
हजुरबुवा हजुरआमा फुपु-फुपाजु
दिनुहुन्छ अनेक मीठाई खान्छु नी म काजु
सबेरै उठी होमवर्क गर्छु अनि खान्छु ब्रेकफास्ट
खाना खाई लुगा लगाई हुन्छु नी म चट्ट।
टिफिन बोकी दौडिदौडि स्कूल आउँछु
अनुशासित भई पढ्छु सधैं नाम कमाउँछु
साथीभाइसँग कहिल्यै हुन्न झगडा
स्कुलमा कहिल्यै पनि गर्दिन लफडा।
भोली मेरो स्कुलको नाम चम्काउँछु
कति राम्रो स्कुल भनी वासना गम्काउँछु
हिरो बन्नुपर्छ अब अघि बढेर
फस्ट हुने कोशिश गर्छु धेरै पढेर।
आदरपूर्वक प्रणाम गर्छु गुरू वर्गमा
उच्च नाम दाम कमाई बस्छु हर्षमा
आमाबाबा देशको सेवा गर्छु जहिले नी
सेवा गरी नाम रोशन गर्छु मैले नी।
(सम्भाव्य पाण्डे डियरवाक सिफल स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्।)