सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
बुद्ध सीता भृकुटी
जन्मिएको ठाउँ
मेरो पनि जन्मभूमि
नेपाल हो नाउँ।
खोलानाला गाउँदै हिँड्छन्
विरहरूका गाथा
नेपालको शिर बनी
उभिएको सगरमाथा।
गुराँस फूल्दा रंगीचंगी
हुन्छन् सबै पाखा
सुन्दरतामा हराएर
रमाउँछन् हरेक आँखा।
सभ्यताको पहिलो झुल्को
उदाएको ठाउँ
मेरो प्यारो जन्मभूमि
नेपाल हो नाउँ।
(सुप्रोल ढुंगेल गोठाटार अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन्।)