सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
मेरो घर नजिकै छिमेकी छन् हाम्रा
गाऱ्हो पर्दा सहयोग गर्ने भन कति राम्रा
कहिले म खेल्न जान्छु छिमेकीको घरमा
उहाँहरूकै साथ हुन्छ गाऱ्हो सारो डरमा
मेरो घरमा छिमेकी कहिलेकाँही आउँदा
खुशी हुन्छु म धेरै स्वागत गर्न पाउदा
नाता लगाई म सोध्छु तातो चिसो के खाने?
म पनि त कहिलेकाँही हजुरकै घर जाने
कोही डाक्टर कोही नर्स कोही कलाकार
रितिरिवाज चालचलन आ-आफ्नै छ संस्कार
एकआपसमा मिली बस्ने छिमेकी छन् हाम्रा
गाऱ्हो पर्दा सहयोग गर्ने भन कति राम्रा
आहा! कति राम्रा।
(सुशान्त पोखरेल डियरवाक सिफल सेकेन्डरी स्कुल कक्षा २ मा अध्ययनरत छन्।)