सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
घाम पानी पर्यो
इन्द्रधनुष आयो
आकासदेखि धर्तिसम्म
सात रंगमा छायो।
पानीबाट बन्यो कि?
सूर्यबाट आयो?
बादल हुँदै आयो कि?
हिमाल छुँदै आयो?
आकासदेखि धर्तिसम्म
सप्तरंग फैलाउँदै
आकासदेखि धर्तिसम्म
उज्यालो फैलाउँदै।
फूलजस्तै रंगीचंगी
पुतलीझैँ सुन्दर
यस्तो राम्रो रूप लिइ
आयो इन्द्रधनुष।
(तनिष्क शाक्य डियरवाक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)