सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
बिहान उठ्दा देखिने हिमाल कति राम्रो
रंगीचंगी देश नेपाल जुन हो हाम्रो
पहाड यता हिमाल उता मलमल
फेवाताल पर्यटन छेत्र बग्छ सलसल।
गोर्खाली र नेपाली देशको लागि ज्यान पनि दिन्छ्न्
लालचमा नपरी राम्रो कुरा लिन्छन्
बाग्मती नदी पशुपति मन्दिर
नेपालको चर्चा छ पूरै विश्वतिर।
तल नदीमाथिबाट झर्ना झर्छ
सुरिलो स्वर हुने कोहिली कुहुकुहु गर्छ
नेपाल त संसारको सुन्दर देश हो
नेपाल भनेको हाम्रो देश हो।
नेपालीको जन्मभूमी यही हो स्वर्ग
नेपालमा जन्मिँदा हामीलाई छ गर्व
फूलको बास्नालाई कसैले रोक्न सक्दैन
गोर्खाली बाघ हो कसैले टोक्न सक्दैन।
(पवन वाग्ले सेन्ट फ्रान्सिस स्कुल, पोखरामा कक्षा ५ मा अध्ययनरत छिन्।)