सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
धन्यवाद छ गुरूवर्ग जीवनको
हरेक पलमा साथ दिनुभएकोमा
हाम्रा लागि दोस्रो अभिभावक हुनुभएकोमा
मलाई असल र नैतिकवान बनाउनुभएकोमा।
हरेक पथमा सदाचारी र विनम्र हुनुपर्छ भन्ने
सिकाउनु भएकोमा धन्यवाद।
गुरुवर्ग हजुरको साथ पाएर म सोच्छु आकाशमाथि
त्यो इच्छा शक्तिका लागि धन्यवाद।
धेरै धन्यवाद मलाई सही र गलतको
फरक छुट्याउन सिकाउनुभएकोमा
संस्कार र शिक्षाका साथसाथै आत्मविश्वास र हौसला
प्रदान गर्नुभएकोमा धन्यवाद।
हृदयबाट धन्यवाद यहाँको मार्गदर्शनले
हामीले जीवन जिउने कला सिकेका छौ
एक-एक अक्षर चिनेर प्रत्येक शब्दको अर्थ बुझेका छौं
विनम्रता रूपी ज्ञानको महत्व बुझाउनुभएकोमा धन्यवाद।
यो कलियुगमा इश्वर रूप भई
हामीसामु आउनुभएकोमा कोटीकोटी धन्यवाद।
(प्रज्ञानी नारायण दि एक्सेल्सियर स्कुलमा कक्षामा अध्ययनरत छिन्।)