सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
वैशाख-जेठको घाममा पनि बाटोमा
साउन-भदौंको झरिमा पनि बाटैमा
पानी र वर्षा छेक्न सक्दैनन रूखले
मर्छन् है कतिपय यतिकै दुःखले
भन्दा खेरी भन्छन् गाई हुन रे आमा
कठै! छैन यिनका लागि बास अनि खाना
बसिरहेको हुनुपर्ने गोठभित्र हो
तर देख्छु यिनलाई सधैं बोटमुनि उभिएको
दूध दिइरहँदासम्म माया यिनलाई देखाउँछन्
दूध दिन नसक्ने भएपछि यिनलाई भगाउँछन्
कस्तो रहेछ जीवन यिनको दुखमै बितिजाने
आफ्ना बाच्छालाई निदाई अरूलाई दूध खुवाउनुपर्ने
लक्ष्मी पूजाको दिन पूजागरी मिठोमिठो खान दिन्छन्
अरूबेला भने चोर गाई भन्दै पिटीपिटी भगाउँछन्
हावापानी असिना र चिसोको सधैं कति छ डर
खान अनि बासका निम्ति छैन कसैको भर
जबजब बाटोबाटोमा गाईवस्तु देख्छु
यसरी छोड्नेलाई लाग्दैन कि पाप सोच्छु
घरपालुवा हो यसलाई गोठमै बसाउ
हामी सबै मिलि गाईलाई बचाउ।
(दिपसना भाट सार्क एजुकेशन फाउण्डेसन भिनपा कञ्चनपुरमा कक्षा ७ मा अध्ययनरत छिन्।)