सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
नवोदय शिशुसदन
मेरो विद्यालयको नाम
हामी सबै मिलेर
पढ्ने हाम्रो काम
सधै झोला बोकेर म
विद्यालय जाने
पढिलेखी ठूलो भई
देशको सेवा गर्ने
गुरुआमा मेरी सारै राम्री
गर्नुहुन्छ माया
खेलाई-खेलाई पढाउने
आमा कै हुन् छाया
कहिले हामी खेल खेल्छौ
कहिले पढ्छौ लेख्छौं
जे गर्दा नि गुरूआमा
सँगसँगै पाउँछौ
साथीसँग झगडा गर्दा
माया गर्दै सम्झाउछिन्
हाम्रो अबोधपन देख्दा
मुसुमुसु हास्छिन्
कोही हामी चकचके
कोही छौ बदमास
माया गर्छिन् सबैलाई
उठ्दैन उनलाई रिस
चकचक हाम्रो देखेर
कहिले उनी दिक्क
एकदिन त ज्ञानी हुन्छौं
भनेर छिन् उनी ढुक्क
भगवान कै रुप हुन्
मेरो गुरु गुरुआमा
ज्ञानको ज्योति छर्ने
सदैब श्रद्धा छ मनमा।
(क्लासिक श्रेष्ठ नवोदय शिशुसदन, हेटौंडामा कक्षा ४ मा अध्ययनरत छिन्।)