सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
दिनहुँ हत्याको डेबिट र क्रेडिट हिसाब राखेर
नाफाको खोजीमा हिँडिरहेको
व्यापारी जस्तो मेरो देश
एक्काइसौं शताब्दीको पहिलो यात्रामै
भविष्य जति चुर्लुम्म डुबेको
विवश, मस्त टाइटानिक जस्तो मेरो देश
आफ्ना अंगहरू अचानोमाथि चोटिदै लुछिदै गर्दा पनि
रन नसकेर टुलुटुलु हेरिरहेको
बारेको खसीको टाउँको जस्तो मेरो देश
विवेक र चेतनाको लोडसेडिङले
दिउँसै रात पर्ने गरेको
अधेर नगरी जस्तो मेरो देश
मदउन्मत्त भएर आफ्नै सहारा गर्ने यद वंशी
अनि निःसहाय अर्जुन देखेर आक्रमण गर्ने डाकुहरू
महाभारतको अन्तिम दृष्य जस्तो मेरो देश।
(प्रविन नेपाल सैनिक आवासिय महाविद्यालय, सल्लाघारी भक्तपुरमा कक्षा ८ मा अध्ययनरत छन्।)