सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
घामपानी चिसोबाट बचाउने घर
यही घरलाई सजाई राख्न मलाई लाग्छ रहर
मानिसको मात्रै होइन सारा प्राणीको घर
घरभित्र बसेपछि मान्दैन कसैले नि डर
कसैको घर सानो हुने कसैको त ठूलो
जस्तो घर भए नि प्यारो मलाई मेरै घर
रंगीबिरंगी सबैतिर आहा! सुन्दर घर
यिनै घरले बन्छ विशाल सुन्दर सहर
हिमाल, पहाड, तराई नेपाल एक घर
नेपालीको साझा घर सुन्दर देश नेपाल।
(राधारानी सेन डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन्।)