सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
हराभरा प्रकृतिमा
मन उड्छ चरी सरी।
रंगीचंगी फूल फुल्छन्
प्यारो मेरो धरा भरि।
कतै खोला कतै खोल्सा
झर्ना नदी ताल पनि
लहरिन्छन् फलफुल
समुन्द्रको छाल बनी।
चरा उड्छन् गगनमा
चिर्बिर-चिर्बिर गीतसँगै
रातको त्यो कालो छोपी
मुस्कुराउँछिन् रवि सधैँ।
घाम, पानी, सीत शीतल
बर्साउँछिन् हामी माथि
एक्लै हुँदा हरक्षण
उनी बन्छिन् हाम्रो साथी।
मनमा सधैँ शान्ति दिने
घामपानीमा छातासरी
प्रकृति हुन् अर्की आमा
माया गरौँ सधैँ भरी।
बयान गर्न सकिदैन
महिमा छ कति कति
सबै मिली माया गरौँ
हाम्रो प्यारो यो प्रकृति।
(सुप्रभ आचार्य डियरवाक सिफल स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)