सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
श्रीकृष्णकै नाति उनी श्रीकृष्णकै चेला
कवितामै कुरा गर्थे उनी सानै बेला
घरै उनको पाठशाला सानाका ति दिन
पछि वनारस गए थप शिक्षा लिन।
वनारसबाट फर्कि घर तिर हिँड्दै
थाके म त भनि बस्दा घाँसी घाँस काट्दै
उत्सुकता लाग्यो उनलाई सोधे एक प्रश्न
के गर्छौ र घाँसी तिमी घाँस काटिकन?
जवाफ दिए ति घाँसीले कुवा खनाउँछु
आउने जाने बटुवाको तिर्खा मेटाउँछु
मरे पछि पनि बाँच्ने घाँसीको त्यो इच्छा
अर्ती मिल्यो भानुलाई भयो त्यही शिक्षा।
रामायण नेपालीमा लेख्ने पहिलो कवि
सोही कारण यो भाषाले बढायो नि छवि
बधूशिक्षा पनि लेखे, लेखे भक्तमाला
प्रश्नोत्तर पढी–पढी कति जुनी जाला?
दुईसय आठ वर्ष अगाडिको दियो
असारको उन्तीस गते भानु जयन्ती हो
त्यही दियो बली आज देशै झलमल
नेपाली यो भाषालाई भयो मलजल।
(यथार्थ लामिछाने गण्डकी बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)