सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
खोला बगि नै रह्यो
पीडा बग्दै बगेनन
मन रोइ नै रह्यो
बुझाउने बाटाहरू नै रहेनन
शितलताको त्यो भुमिमा
यी आँखा टोलाई बसे
तिमी फर्की आउँछौ भन्ने आशामा
फुल्न थालेका फुल ओइलाई झरे
भमराले चुसिसकेको फूल हुँ म
तिमी फक्रनै रहे
हार त खान चाह्नन म
आफैँलाई भुलाउन सकेँ
आँखा बिझाउँछन् तिमिलाई सम्झिँदा
तिम्रो त्यो स्पर्शमा हराउने म
पीडा हुँदो रहेछ कसैलाई गुमाउँदा
त्यस्तो सोच्दै नसोच्ने म
रात त ढल्यो, दिनलाई के भनु?
प्रकृतिलाई कति, मानवतालाई के भनी सुल्झाउँ?
कि तिमी बिना कसैलाई चिन्दै नचिनु?
अनि बिस्तारै बिस्तारै हराएरै बिलाउँ?
(सपना बास्तोला ब्लूम नेपाल स्कुलमा कक्षा १० मा अध्ययनरत छिन्।)