सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
पोखरा गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित छ। कास्की जिल्ला र गण्डकी प्रदेशको सदरमुकाम पनि हो, पोखरा। चारैतिर भर्याङ आकारका हरियाली डाँडाहरूले यसलाई घेरेका छन्।
बिचमा सम्म परेको पोखरा भ्याली बिवाहमा सिंगारिएको बेहुली जस्तै सुन्दर अनि असाध्यै सफा छ। बिचमा फेवाताल र त्यसमा पौडी खेल्ने माछापुच्छ्रे हिमालको छायाँले पोखराको सुन्दरतालाई अझ मनमोहक बनाएको छ।
पोखरामा धेरै घरहरू छन्। यहाँ ७७ जिल्लाका मानिस बस्नुहुन्छ। पोखरेलीहरूको मन पोखरा जस्तै सफा र सुन्दर छ। यहाँ धेरै क्याम्पस र विद्यालयहरू छन्। यिनीहरूले म जस्ता धेरै बिद्यार्थीलाई असल ज्ञानगुनका कुरा सिकाएर देशको लागि राम्रा र दक्ष कर्णाधार जन्माउँछन्।
पोखरा रमणीय शहर भएकाले विश्वका धेरै शहर अनि नेपालभित्रकै विभिन्न जिल्लाका मानिस घुम्नका लागि यहाँ आउनुहुन्छ। यहाँ घुम्नका लागि धेरै महत्वपूर्ण ठाँउहरू छन्। त्यस्ता घुम्न योग्य ठाँउहरूमा सराङकोट, लेकसाइड, फेवाताल, शान्तिस्तुप, गुप्तेश्वर गुफा,अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय, बन्जिजम्प, चमेरे गुफा, लेखनाथका सात वटा ताल लागायत छन्।
म पोखरामै बस्ने भएकाले मेरो बाबा र आमासँगै यी सबै ठाँउहरू घुमेकी छु। सुन्दर अनि रमाइलो भएकाले मलाई यी ठाँउहरू असाध्यै मन पर्छ।
पोखराबट देखिने मुस्कुराइरहेका हिमालको दृष्यले सबेजनाको मन लोभ्याउँछ। यो सुन्दर शान्त र सफा शहरलाई सदैब यस्तै राखिरहनु हामी सबैको कर्तव्य हो। नेपालकै उत्कृष्ट सुन्दर शहर पोखरा घुम्न आउनको लागि म सबै पोखरेलीहरूको तर्फबाट हार्दिक निमन्त्रणा छ।
सबैले आफ्नो जीवनको केही समय पोखराको लागि छुट्याएर यहाँको प्राकृतिक सुन्दरता हेर्न नभुल्नुहोला। मेरो प्यारो पोखरा, मेरो सुन्दर पोखरा, मुटुभन्दा प्यारो छ।
मेरो प्यारो पोखरालाई म आफूलाई जत्तिकै माया गर्छु।
(माधबी पौडेल धौलागिरी बोर्डिङ स्कुल, पोखरामा कक्षा तीनमा अध्ययनरत छिन्।)