सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
कति राम्री मेरी आमा
मलाई माया गर्ने
पढाइ, लेखाइ असल बन्न
मलाई मद्दत गर्ने
बिहानदेखि मेरा लागि
धेरै काम गर्ने
कति राम्री मेरी आमा
नदेख्दा नि एकछिन रून मन लाग्ने
सधैँ मलाई खुशी पार्न
सधैँ मलाई जित्न दिने
मलाई राम्री बनाउन
नयाँ लुगा किनिदिने
मिठो खाना पकाउने
मेरा लागि दु:ख गर्ने
कति राम्री मेरी आमा
सपना मेरा पूरा गर्ने।
(सादगी कोइराला डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन्।)