सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
मेरो देश हो नेपाल
सानो तर विशाल
सुन्दर देश हो नेपाल
स्रोत साधन अपार
दशै तिहार मनाउँछौ
चंगा दियो प्रयोग गरी
होली पनि मनाउँछौ
रंग पानी प्रयोग गरी
लगाउँछन् पुरूषले
दौरा, सुरूवाल, ढाकाटोपी
लगाउँछन् महिलाले
गुन्यो, चोली, पटुकी
भगवान बुद्ध जन्मेका
यो नेपालको भूमिमै
अग्लो हिमाल भएको
यो नेपालको धरामै
संरक्षण गर्नुपर्छ
आकर्षक यो देशलाई
माया धेरै गर्नुपर्छ
सुन्दर हाम्रो देशलाई।
(दीवा श्रेष्ठ डियरवक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)