सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कछुवा र खरायो
एउटा ठाउँमा एक कछुवा निकै असल र धनी थियो। एक दिन त्यस ठाउँका सबै जनावरले त्यो कछुवाको बारे थाहा पाए। उ त्यसरी सम्पन्न भएको जान्ने सबैलाई उत्सुकता भयो।
खरायोले कछुवालाई सोध्यो, 'तिमी यति सम्पन्न र असल कसरी भयौ?'
कछुवाले भन्यो, 'म धेरै मिहिनेत गर्छु र धेरै पढ्छु। त्यसैले यस्तो भएँ।'
खरायोले पनि कछुवाले जस्तै कोशिस गर्यो। तर उ धनी र असल भएन। उसले धेरै मिहिनेत त गर्यो तर पढेन। खरायोले कसैगरी कछुवालाई जित्ने जुक्ती निकाल्न थाल्यो।
अर्को दिन खरायोले कछुवालाई उक्सायो, 'के तिमी म सँग लडाइ गर्न सक्छौ?'
कछुवाले खरायोको कुरा स्वीकार गर्यो। तर खरायो एकदम ताकतवर थियो। तर खरायोले एक पञ्च हान्दा कछुवाको ढाडमा लागेर उसको हात दुख्यो र कछुवाले जित्यो।
बाजी
एकपल्ट तीनजना मानिस बिच सुँगुरको खोरमा को धेरै बस्न सक्छ भन्ने कुरामा बाजी चल्यो। पहिलो मानिस शर्तअनुसार सुँगुरको खोरमा बस्न गयो। एक दिन, दुइ दिन, तीन दिन गर्दै एक महिना बस्यो र उफ! भन्दै निस्क्यो।
दोस्रो मानिसको शर्तअनुसार पालो आयो। उ सुँगुरको खोरमा बस्न गयो। एक दिन, दुइ दिन, तीन दिन गर्दै एक महिना, दुई महिना बस्यो। उ पनि उफ! भन्दै निस्क्यो।
तेस्रो मानिसको अब पालो आयो। उ सुँगुरको खोरमा बस्न गयो। एक, दुइ, तीन, चार गर्दै उ पाँचौ महिना बस्यो। अचम्म! सुँगुर नै उफ! भन्दै निस्क्यो। यसरी तेस्रो मानिस विजयी भयो।
(उमंग कार्की नेक्सस इन्टरनेशनल स्कुल, पेप्सीकोलामा कक्षा ४ मा अध्ययनरत छिन्।)