सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
मेरी चरी सानी छिन् 
सानी चरी ज्ञानी छिन्
फुरफुर गरी उड्छिन् 
घुमफिर गरी घर आई बस्छिन् 
मेरी चरी सानी छिन् 
सानी चरी ज्ञानी छिन्।
जब उनी डुल्छिन् 
केहीबेर भुल्छिन् 
कुरकुर गरी कराउँदै 
मलाई खोज्दै आउँछिन्
मेरी चरी सानी छिन् 
सानी चरी ज्ञानी छिन्।
उनी मेरो साहारा 
खानु पर्ने आहारा 
फ्यार फ्यार गर्दै पखेटा 
सुत्नु पर्ने अबेला 
मेरी चरी सानी छिन्
सानी चरी ज्ञानी छिन्।
(साया पौडेल एलआरआई स्कुलमा कक्षा २ मा अध्ययनरत छिन्।)