सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
सँगै खेल्ने सँगै पढ्ने हामी बिचको नाता
एकअर्कालाई मद्दत गर्ने हाम्रा बानी राम्रा
जान्छौँ हामी मिलिजुली हाँस्दै र बोल्दै
सँगै हिड्छौँ हाँसीहाँसी रमाइलो गर्दै।
मद्दत गर्छौ एकअर्कालाई गृहकार्य गर्न
एकछिन गर्छौ ठ्ठटा सबैलाई हसाउँन
बाहिर जान्छौँ घुम्न खेल्न भेट्नलाई पनि
किताबहरू पढ्दा पढ्दा बन्छौँ हामी ज्ञानी
मेरो साथ दिन्छौ भने तिमीसँगै बस्छु
फलफूलहरू ल्याउँछु अनि तिमीसँगै खान्छु
सबै चिज सिकाउने छ एउटा साथी
छ ऊ एक असल मानिस स्वभावको खानी
राम्रो साथी छ ऊ जहिल्यै मलाई नै फकाउने
तिम्रै हात समाउँदै बाटो जहिल्यै काट्ने
जान्छौँ हामी माथि माथि तिमी मेरो साथी
बुद्धिमानी मेरो साथी भने मुख छ राम्री
लक्ष्य हाम्रो उच्च छ है पढी लेखी ज्ञानी।
(इशानी मानन्धर डियरवाक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)