सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
नाम तिम्रो कोरोना भाइरस छ तिम्रो छुट्टै सान
हल्लायौ विश्वलाई बाध्य बनायौ गर्न आफ्नो सम्मान
न तिमीले विद्वानलाई छोड्यौ न त विपन्नलाई नै
विश्वका कुनाकाप्चामा तहल्का मचाइरहेको छौ महाराजा भई
तिम्रो अगाडि के भूकम्प, के डेंगु, के ज्वालामुखी
तै पनि संसारकै सरकार काम नगरी बसेका छन् कुकुरझै भूकी
गरेका छन् बन्दाबन्दी, निषद्याज्ञा, कर्फ्यु लगातार
भएका छन् विश्वका जनता यी नीतिका सिकार
तिम्रै कारण आर्थिक, शैक्षिक, व्यवसायिक जस्ता किर्याकलाप भएका छन् ठप्प
सुन्नमा आउँछ यसैकारण विश्वको अर्थतन्त्रमा गिरावट आउँछ झ्याप्प
त्यसपछि सुरू हुन्छ भोकमरी, अन्याय, हिंसा र बेरोजगारी
तर पनि थाहा छैन कहिले तिमी भाग्छौ संसारलाई स्वतन्त्र पारी
तिमीलाई हराउने प्रयासमा जुटेका छन् वैज्ञानिक, प्रहरी, स्वस्थकर्मी, आदि
त्यसैले उनीहरू दिन रात सेवारत छन् आफ्नो खुसी र रहरहरु बाधि
त्यति मात्र नभई संसारकै जनता बाध्य भएका छन्
छाक टार्न सडकमा मागि
त्यसैले अब त पराकाष्ठै भयो कोरोना बिन्ति छ
यो संसारबाट जाउँ है भागी।
(शान्ति तामाङ श्री पशुपति मित्र माध्यामिक विद्यालय, चाबहिलमा अध्ययनरत छिन्।)