सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
पानी झमझम पर्यो हजुर असारको महिना
रोपाई गर्न गए खेतमा रूपा अनि मैना
हलि दाइले नारि गोरू जोत्यो खुरूखुरू
बाउसे दाइले आलि लाउन गरी हाल्यो सुरू
मानो रोपी मुरी फल्ने वेशीको त्यो खेत
किसानले त्यै खेतमा लाउँछ सधैँ मीत
आँधिखोला सुसाउँदै बग्छ स्वा-स्वा गरी
बीउ पाक्यो भन्दै चरा गाउँछ उता फेरी।
(आशुतोष पौडेल दि एक्सेल्सियर स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्।)