सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
गाई हाम्रो राष्ट्रिय जनावर हो। हामीले गाईको संरक्षण गर्नुपर्छ। गाईलाई हामीले राम्रो हेरचाह गर्नुपर्छ। गाईबाट हामीले पाउने कुराहरू यस प्रकारका छन्ः
१. गाईले हामीलाई दूध दिन्छ।
२. गाईको गोबरले घर लिप्न सकिन्छ। गाईको गोबरले लिप्दा राम्रो हुन्छ।
३. गाईको गोबर खेतबारीमा मलको काम गर्छ।
४. गाईले पाएको बाच्छो ठूलो भएर गोरू हुन्छ। गोरूको मद्दतमा हामी खेत जोत्छौं।
गाईको शरीरको रंग सेतो, कालो, रातो आदि हुन्छ। यसको बच्चालाई बाच्छा-बाच्छी भनिन्छ। गाईको दुइवटा आँखा, दुइवटा सिंग, दुइवटा कान, एक नाक, एक मुख र चार वटा खुट्टा हुन्छ। गाईलाई बाँध्ने र बस्ने ठाउँलाई गोठ भनिन्छ।
गाईलाई धेरै मानिसहरूले पूजा गर्छन्। विशेष हिन्दु धर्मावलम्बीहरूले तिहारमा गाईको पूजा गर्छन्।
गाईको चार वटा खुट्टा भएकाले गाईलाई चौपाय पनि भनिन्छ। गाईले हरियो घाँस, पराल, सागपात, कुँडो आदि खान्छ। गाईलाई हामीले माया गर्नुपर्छ। नभए गाईको दूधबाट बन्ने विभिन्न परिकारहरू खान पाइन्न। गाईको दूधबाट छुर्पी, दही, घिउ, कुराउनी, मोहीजस्ता परिकारहरू बन्छ। यी खानेकुराले हामीलाई धेरै तागत दिन्छ।
गाईको कारणले हामी खुशी पनि बन्न सक्छौं। गाई नेपालको पहिचान हो। त्यसैले हामीले गाईलाई धेरै-धेरै माया गर्नुपर्छ।
(रूबस पराजुली जी एस निकेतन माद्यामिक विलालय, हेटौंडामा कक्षा ३ मा अध्ययनरत छिन्।)