सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
कर्तव्य परायण हुनुछ यो छोटो जिन्दगानीमा
नाम रहोस् अमर सधैँ बाँची रहोस् यही धर्तीमा
कहिल्यै नउठोस् प्रश्न त्यो साँचो निष्ठामा
कहिल्यै दाग नलागोस् त्यो अटल आस्थामा
नलागोस् आफ्नो प्रतिष्ठामा कालो त्यो कलंक
समाजमा नरहोस् केवल धनी मानिसको मूल्यांक
चिनारी रहोस् सदैव हाम्रो वीर ती गोर्खालीको
बसिरहोस् नेपाल सधैँ मुटुमा ती नेपालीको
छातीमा रहोस् अखण्ड नेपालप्रति प्रेम सधैँ
शीतल रहोस् मन हाम्रो ती शत्रुप्रति सधैँ
कर्तव्य आफ्नो बुझोस् देशको हरेक नागरिकले
सम्मान गरोस् आफ्नो माटोको सदैव साँचो मनले
चिनिउन् नेपाली एक निडर देशभक्तको रूपमा
पाउन् सबले मित्र जसले जनाउँछ सान्त्वना दुःखमा
प्रेम बढोस् मित्र बढोस् उन्नति पनि बढिरहोस्
मान रहोस् मान गरोस् नेपाल सधैँ बाँची रहोस्।
(प्रतीक भण्डारी बूढानीलकण्ठ स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)