सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
आमा शब्द सुन्दा पनि आनन्द आउँछ। तर आमा भन्ने शब्द भन्न पाउने मान्छेहरू कम छन्। ती मान्छे जसले आमा भन्न पाएँ तिनिहरू साँच्चै भाग्यमानी हुन्।
भनिन्छ- आमा पाउँदा स्वोर्ग हुन्छ रे!
आमाबारे लेख्दा र कुरा गर्दा मलाई सिद्धिचरण श्रेष्ठको कविता 'आमा' को एक र दुइ पङ्ती याद आउँछ:
आमा! तिमी जन्म दिने मलाई
आमा! तिमी प्राण दिने मलाई
आमा! तिमी बोट, म फूल त्यसको
हो दान तिम्रै जति जे छ मेरो
आमा! छ तिम्रो महिमा आपार
सिद्धिन्न गाए पनि बार बार
हरदम बहाइकन प्रेमधारा
दिन्छिन् मलाई कतिको साहारा।
साँच्चै! आमाको माया अपरम्पार हुन्छ। आमाको जति नै गुणगान गए पनि, जति नै बयान गरे पनि कम हुन्छ। यो आमा भन्ने शब्द सच्चिँकै महान छ। आमाले आफ्नो बच्चाको लागि धेरै कुरा त्याग्छिन। बच्चाको लागि भनेर नौ महिनासम्म पेटमा राख्छिन्। हरेक दु:ख-सुखमा साथ दिने आमा नै हुन्।
आमा प्यारी,मनोरम, दयालु, कृतज्ञ, महान, मार्गनिर्देशक र मिहेनती हुन्छिन्। आमा त भगवान कै स्वरुप हुन्। उहाँ नै ति महान नारी हुन् जसले हामीलाई यो संसार देखाउँछिन्।
आमाले नै हामीलाई बिना शर्त र निःस्वार्थ प्रेमको अन्तर्हिन आपूर्ति दिन्छिन्। आमाको लागि आफ्नो सन्तान भन्दा ठूलो केही हुँदैन। आफ्नो सन्तनको लागि एउटी आमाले धेरै कुरा त्यग्न सक्छिन्। हामीले आमाको रिण कहिले पनि तिर्न सक्दैनौं। त्यसैले होला संसारकै धनी मान्छे पनि आमा बिना गरिब छ।
हामीले आमाको सम्मान गर्नुपर्छ। आमालाई घरमा हेला गरेर बहिर मन्दिरमा भगवान पूजा गर्दा केही काम हुन्न। भगवानलाई त हामीले देखेकै छैनौं। जिउँदो भगवान आमालाई त देखेका छौं। त्यसैले हामीले भगवान भन्दा आमाको पूजा गर्नुपर्छ।
(एल्बा पौडेल पाठशाला नेपाल फाउण्डेशन, बानेश्वरमा कक्षा ६ (ख) मा अध्ययनरत छिन्।)