सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता:
मलाई चाहिने,
तिमीलाई चाहिने पानी
सबलाई चाहिने पानी
त्यसैले नि खेर नफालौँ
सबले जानी जानी।
जीवजन्तु, चरा-बचेरा
सबलाई चाहिने पानी
त्यसैले नि खेर नफालौँ
सबले जानी जानी।
खाना पकाउन लुगा धुन
सबलाई चाहिने पानी
त्यसैले नि खेर नफालौँ
सबले जानी जानी।
मालीदेखि किसानसम्म
सबलाई चाहिने पानी
त्यसैले नि खेर नफालौँ
सबले जानी जानी।
(शुभश्री मल्ल डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन्।)