सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
नौ महिना कोखमा राखि
जन्माउने मलाई आमा
भोक लाग्दा दूध खुवाई
हुर्काउने मलाई आमा
आफ्नो प्रिय साथी बनाई
खेलाउने मलाई आमा
गल्ती गर्दा माया गरी
सम्झाउने मलाई आमा
माया गरी फकाएर
पढाउने मलाई आमा
ठूलो मान्छे बन्ने सपना
देखाउने मलाई आमा
(आगमन भट्ट पाठशाला नेपालमा कक्षा २ (बी) मा अध्ययनरत छन्।)